सुरक्षामा खतरा देखिएपछि प्राधिकरणद्धारा सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

भदौं ३,काठमाडौैं — नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ ।

जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि प्राधिकरणले एयरलाइन्सका जहाज उडानमा रोक लगाएको हो ।

पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय गरेको हो ।  यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।