योजना आयोगका कर्मचारी बच्चु केसी सिंहदरबारमा मृत अवस्थामा भेटिए

भदौं ३,काठमाडौं — राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत  अवस्थामा भेटिएका छन् ।

आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयको अनुगमन हलमा लडिरहेको अवस्थामा भेटिएको नाम नखुलाउने सर्तमा उनका एक सहकर्मीले बताएकी छन् ।

उनका सहकर्मीका अनुशार अहिले प्रहरीले आवश्यक छानबिन गरिरहेका छ । उनले इमेलखवर संग भनिन्  ‘ उनको लास नजिकै बिषादीको बटा समेत भेटिएको छ ,बच्चुले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । ’