प्रभु साहले दिए अध्यक्ष पदबाट राजीनामा

भदौ ३, काठमाडौं—नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेता साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

पार्टी एकता पछि आफ्नो नाम स्थायी कमिटी सदस्यमा नाम नपरेको र प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि भूमिका विहीन बनाइएकोमा उनि असन्तुष्ट वनेको वुझिएको छ  ।