सेन्ट्रल जोन भलिबल —नेपालविरुद्ध कीर्गिस्तान विजयी

भदौं २,काठमाडौं —पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार दिउँसो ४ बजे भएको खेलमा नेपालले कीर्गिस्तानसंग पराजय भएको हो ।

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा भएको खेलमा २३(२५,२२(२५ र २२(२५ को सेटमा नेपाल पराजित भएको हो ।

खेल हेर्न दर्शकका लागि टिकटको व्यवस्था नभएको भए पनि सीमित सिटका कारण पहिले पुग्ने दर्शकलाई मात्र खेल देखाउन सकिने नेपाल भलिबल संघले जनाएको थियो।

प्रतियोगिताअघि अफगानिस्तानको टिमसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुवै खेल जितेको थियो ।