आफु पार्टीभित्र अपमानित भएकोे माधव नेपालको भनाई

भदौं २,काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष प्रचण्डका अगाडि पार्टीभित्र आफु हेपिएको बताएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनल आफु अपमानित भएको बताए । उनले भने  ‘अहिले म  पार्टीभित्र अपमानित भएको छु । पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाई हो । यसका लागि संघर्ष गरिरहेको छु ।’

माओवादी द्वन्द्व सुरु हुनु आगावै धनुषामा मारिएका तत्कालिन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सोमबार जनकपुर आएका हुन्।