आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिन्छ —प्रचण्ड

भदौं २,काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका हुन्।

एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको बताउदै दाहालले भने, ‘एक वर्षको कामलाई समिक्षा गर्दै हामी अघि बढ्ने योजनामा छौं।’