श्री एयरलाइन्सले पायो नियमित अन्तराष्ट्रिय अनुमति

साउन ३०, काठमाडौं  निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नियमित उडान (सेड्यूल फ्लाइट) को अनुमति दिएको छ । मंगलबारको पर्यटनमन्त्री स्तरीय निर्णयबाट श्री एयरलाइन्सलाई भारतका चार र बंगलादेशको एक गन्तव्यमा नियमित उडान गर्ने गरी अनुमति दिएको हो ।

श्रीलाई मन्त्रालयले भारतको कोलकाता, दिल्ली, अहमदाबाद र बैग्लोरमा तथा बंगलादेशको ढाकामा नियमित उडान गर्ने गरी यस्तो अनुमति दिएको हो । अब श्रीले उडान अनुमतिका लागि सरकारले तोकेको राजश्व तिरेर अनुमतिको प्रमाणपत्र लिन सक्ने पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उड्डयान महाशाखाले जानकारी दिएको छ ।

यो वायुसेवालाई मन्त्रालयले गतवर्ष चार्टर उडानको अनुमति दिएको थियो । सोही अनुमतिलाई स्तरोन्नती गरेर नियमित उडानको इजाजत पत्र दिएको मन्त्रालयले जानकारी दिएको छ ।

श्रीले २०६७ सालदेखि हेलिकोप्टरबाट चार्टर उडानको अनुमति पाएको वायुसेवा कम्पनी हो । यसले आन्तरिक उडानमा नियमित हेली तथा फिक्स विंग्स र अन्तर्रा्ष्ट्रियमा चार्टर उडान पनि दिइरहेको छ । यो वायुसेवालाई सरकारले नियमित उडानको अनुमति दिए पनि अब अन्तर्रा्ष्ट्रिय उडानमा नयाँ कम्पनी थप हुने भएको हो ।