घुस लिँदै गर्दा विद्युत प्राधिकरणका २ जना कर्मचारी पक्राउ

साउन ३०, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेपाल विधुत्त प्राधिकरण त्रिवेणी शाखा कार्यालय नवलपरासीका दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात प्रकाउ गरेको छ ।

अख्तियारको टोलीले विधुत प्राधिकरणका चौथो तहका कर्मचारी मेघराज काप्ले र प्राविधिक नारायण कुर्मीले सेवाग्राहीसँग थ्री पेस लाईन जडान गर्नको लागि भन्दै ४६ हजार ५ सय ५५ रुपयाँ लिँदै गर्दा प्रकाउ गरेको हो ।

दुवै जनालाई अहिले अख्तियार बुटवल कार्यलयमा राखेर बयान लिइरहेको बताएको छ ।