‘गाईजात्रा महोत्सव’ शुक्रबारदेखि सुरु हुने

साउन ३०, काठमाडौं — यो बर्षको ‘गाईजात्रा महोत्सव’ भोलिबाट जमलस्थित राष्ट्रिय नाचघरमा सुरु हुने भएको छ ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा शुक्रबारदेखि महोत्सव हुन लागेको हो । कार्यक्रम साउन ३१ गते शुक्रबार विहान ११ बजे, साउन ३२ गते शनिबार दिउँसो दुई बजे र बेलुकी पाँच बजेदेखि हुनेछ भने भदौ ३ गते बेलुकी पाँच बजे सुरु हुने जनाएको छ ।

कार्यक्रममा हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्प राज अवस्थी, शशी थापा, राजन थापा र सुशिल निरौला लगायतको प्रस्तुति रहने छ ।

गाईजात्रा कार्यक्रमको टिकट दर २ सय, ३ सय र ५ सय तोकिएको छ ।