एक हप्ता भित्र पार्टीको सम्पूर्ण एकता पूरा हुने नेता योगेश भट्टराईको दाबी — भिडियो सहित

साउन ९, काठमाडौ—नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं सांसद योगेश भट्टराईले एक हप्ता भित्र पार्टीको सम्पूर्ण एकता सम्पन्न हुने दाबी गरेका छन् ।

नेपालगञ्जमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अबको एक साता भित्र पार्टीको जनसंगठन र विभागको कार्यविभाजनसंगै पार्टीको सम्पूर्ण एकता पूरा भएको घोषणा हुने बताएका हुन् ।

एकताको कार्य सम्पन्न हुना साथ असोज र कार्तिक दुई महिना पार्टी एकता सुदृढिकरण र जनपरिचालन अभियानमा गाँउ गाँउ जाने योजना सुनाए ।

पार्टीले प्रदेश र जिल्लामा संयुक्त कमीटि बनाइसकेको छ । साथै ४ सय ४१ मध्ये करिब ३ सय जनाको कार्यविभाजन भईसकको बताए । यस अनुसार अब करिब डेढ सय जनाको कार्यविभाजन हुन बाँकी रहेको जनाउँदै त्यो पनि छिट्टै टुंगिने बताए ।

संसदीय समितिमार्फत मेडिकल कलेज अनुगमन गर्ने शिलशिलामा नेपालगञ्ज आएका भट्टराईले २२ वटा मेडिकल कलेज अनुगमन गरेको र त्यसको रिर्पोट केही दिनमा आउने बताए ।

भिडियो