फेरि पनि आफ्नो तस्बिरका कारण भाइरल बनिन् साम्राज्ञी

साउन , काठमाडौ—अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पटक पटक आफ्ना फोटोहरुका कारण सामाजिक संजालमा भाइरल भइरहेकी छिन् ।
उनका प्रेमीले साम्राज्ञीसँग गाडीमा चुम्बन गरेको फोटो सार्वजनिक भए संगै उनि फेरी एकपटक भाइरल भएकी छिन् ।

सम्राज्ञीले आफ्नो सामाजिक प्रतिष्ठाको अपमान गरेको भन्दै दर्शकहरुले उनको आलोचना समेत सुरु गर्न थालेका छन् । मस्ती मुडमा खिचिएको यी फोटोहरु यी दुई जोडीलाई पाच्य लागे पनि धेरै जसोलाई यो फोटो पचेको छैन । सार्वजनिक भएका फोटोहरुले साम्राज्ञीको छविमा समेत असर पुर्याएको छ ।

केहि दिन अगाडी मात्र ‘होलिडे ट्रिप’ का लागि आफ्नो प्रेमी देवाङ्कस राणासँग इन्डोनेशियाको बाली पुगेकी साम्राज्ञी रातो विकिनीमा आफ्नो प्रेमीसँग अंगालोमा खिचेका केहि फोटोहरु सामाजिक संजालमा निकै भाइरल बनेका छन् ।

यस अघि साम्राज्ञीले आफ्नो आलोचकहरुलाई आफ्नो इन्सटाग्राम मार्फत कडा जवाफ पनि दिएकी थिइन् । उनले आफ्नो इन्सटाको स्टोरीमा ’हात्ती चले बजार, कुत्ते भोके हजार’ भनेर लेखेको थिइन् ।