आफु स्कुल विभाग सम्हाल्न योग्य भएको घनश्याम भुसालको दाबी

साउन ९, काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी भित्र बिभाग नेतृत्वको बिबादको चर्काचर्कीको समयम स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य भएको दाबी गरेका छन् । अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले लिने भन्ने विवाद चर्किएको छ ।
बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टीमा आफुले धेरै योगदान गरेको भन्दै स्कुल बिभागको नेतृव्व आफुलाई दिन आग्रह गरेका छन् ।
नेता भुसालले पार्टी सामूहिक निर्णयबाट नचल्दा चाहे जति काम गर्न नसकेको र केही महत्वपूर्ण र राम्रा विधेयक पनि फिर्ता लिनु परेको दाबी गरे।