बजेट अभावले स्वाथ्य क्षेत्रमा काम भएन : मन्त्री उपेन्द्र यादव

साउन ३, काठमाडौं— बजेटको अभावमा प्रभावकारी र उपलब्धीमुलक कामहरु हुन नसकेको स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

मन्त्रालयले गरेको मुख्य उपलब्धी सार्वजानिक गर्ने क्रममा कुल बजेटको ४.४८ आठ प्रतिशत बजेट प्रयाप्त नभएको मन्त्री उपेन्द्र यादवले बताएका हुन् । जिम्मेवारी सम्हालेको एक वर्षमा मन्त्री यादवले बजेटकै अभावमा आफूले बनाएका योजनाहरु कार्यन्वयन गर्न नसकेको गुनासो गरे ।

बजेटलाई दोष दिदै मन्त्री यादवले ६९ प्रतिशत काम सम्पन्न भएकोले यसमा गर्व गर्न सकिने बताए । यद्यपी अपेक्षा अनुसार संघीय संरचनामा स्वास्थ्य संरचना निर्माण, कर्मचारीको व्यवस्थापन, कार्यक्रमको बाँडफाँड, नीति निर्माण, कानुन तथा अन्य कार्यक्रमको विकास र त्यसको कार्यान्वयन गर्न चुकेको उनको भनाई छ ।

बालबालिकाको खोप, निःशुल्क औषधि, रोग नियन्त्रण, बाल तथा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमालगायतका स्वास्थ्यका सबै कार्यक्रममा छुटेको मन्त्रालयले सार्वजानिक गरेको उपलब्धीमा उल्लेख गरिएको छ ।

यस वर्ष कुल बजेटको ४. ४८ प्रतिशत अर्थात ६८ अर्ब ७८ करोड स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी हो यदपी मन्त्री यादबले बजेट थोरै भएको उल्लेख गरेका छन् ।