विश्वविद्यालयमा बम विस्फोटः ८ जनाको मृत्यु

साउन ३ — अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा भएको बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा अन्य ३३ जना घाइते भएका जनाइएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो ।

अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन । अधिकारीहरुले भने विस्फोटको अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

एजेन्सी