अवार्डको लागि पैसा दिने कुरा सत्यता छैन ः मन्त्री बाँस्कोटा

असार १६, काठमाडौँ — नेपालमा हुने भनिएको ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी( आईफा) अवार्डका लागि सरकारले एक अर्ब खर्च दिने गर्ने कुरामा सत्यता नभएको बताएको छ ।

नेपाल चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटले अवार्ड आयोजना गर्ने स्वीकृति मात्र सरकारले दिएको तर आफूले अवार्डलाई पैसा दिने कुरा नबोलेको स्पष्ट पारे ।

अवार्ड भएको खण्डमा सरकारले व्यवस्थापनतर्फ सहयोग गर्ने उनको भनाई छ । पर्यटन प्रवद्र्धनमा विदेशी अवार्ड नेपालमा आयोजना हुनु सकारात्मक रहेको र यो अवार्डले नेपाली फिल्म क्षेत्रलाई पनि फाइदा हुने उनी बताउँछन् ।

मन्त्रिपरिषद्को बिहीबार बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्व र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको हो ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ ।