सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले पायो आईएसओ प्रमाणपत्र

असार १६, काठमाडौँ —  सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र ललितपुरले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड प्रमाणपत्र प्राप्त गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गत विभागस्तरको यो संस्थाले जेष्ठ ६ गते आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको हो । केन्द्रले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

वि.सं. २०३७ सालदेखी सार्वजनिक वित्तका क्षेत्रमा कार्यरत जनशक्तिहरुको क्षमता विकासका लागी काम गर्दै आएको छ ।
यस्तो प्रमाणपत्र प्राप्त भएपछि केन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमहरुलाई गुणस्तरीय एवं विश्वसनीय बनाउन यसले थप हौसल्ला बढाएको साथै चुनौति समेत थपेका बताएको छ ।

केन्द्रले स्थापनाकालदेखि नै यस क्षेत्रमा कार्यरत जनशक्तिलाई सेवा प्रवेश, सेवाकालीन तथा अल्पकालीन तालिम सञ्चालन गर्नुको साथै जनशक्ति विकास लक्षित विविध गतिविधि गर्दै आएको छ । केन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमलाई गुणस्तरीय एवं विश्वसनीय बनाउन तथा लाभग्राहीको आवश्यकता बमोजिम आफ्ना क्रियाकलापलाई परिष्कृत गर्दै लैजान तालिम केन्द्र लागिपरेको बताएको छ ।