इराकमा बम आक्रमण हुदा पाँच प्रहरीको मृत्यु

एजेन्सी,

असार ११  –  इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा हुदा बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरी स्रोतले जनाए अनुसार प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा हुदा पाँचजना संघीय प्रहरीको मृत्यु भएकोे हो ।

प्रहरीले आक्रमण भएको यस इलाकालाई घेरा लगाएका छ भने आक्रमणकारीको खोजीकार्यमा भइरहेको बताइएको छ ।

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले अतिवादी आइएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीयरुपमा नै सुधार आएको बताइन्छ ।

फोटो ः सामाजीक संजाल