लोकसेवा विज्ञापन विवादको सुनुवाई आइतबार हुने

असार ११, काठमाडौं – लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः सुनुवाइ गर्ने गरि आइतबारको लागि सरेको छ ।

राज्य व्यवस्था समितिलाई सूचना नगरिएको कारण सो रिटमाथि बुधबारको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको होे । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।
उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा.खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।

आयोगले यही जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख छ।