गायक प्रकाश सपुत र शम्भु राईबीच विवाद सल्टियो

 

असार ११, काठमाडौँ – गलबन्दी गायक प्रकाश सपुत र शम्भु राईबीच ४ बुँदे सहमति भएपछि ‘गलबन्दी’ गीतको विवाद सल्टिएको छ ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमती अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि आर्थिक अधिकार एवम् प्रतिलिपी अधिकार दाबी नगर्ने सहमति भएको छ ।

गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।शम्भु राइले ‘गलबन्दी’ गीतमा समावेश भाका आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।