अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’

बैशाख २५, काठमाडौं – बाल्यकालको स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले’सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।

गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् ।

गीतको रेकर्ड, निर्माण तथा गीतारमा मानश्वी मालाकारले भूमिका खेलेकी छन् भने भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियो इडिटिङमा सौरभ लामिछाने, पोस्टर आर्टमा प्रइभ श्रेष्ठ र अनमोल अधिकारीले गरेका छन् ।

भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपानेको फिचरिङ छ । साथै आहाना सिंह अधिकारी, सफल काफ्ले, आयांश मैनाली, दिनश मैनाली,प्रभात प्रसाई, सुनिना काफ्ले र पवित्रा प्रसाईले बाल कलाकारको रुपमा भूमिका निभाएका छन् । गीतको कार्यकारी निर्मातामा कमला बस्नेत छिन् ।

Leave a Reply

Your email address will not be published.