सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

असार ८,  काठमाडौं —   रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना वडा न.६ कलौनीमा महेन्द्रनगरबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र मोटरसाइकलमा सवार दुुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन् ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा लिएको छ ।