इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी ८, काठमाडौं — अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पारमाणविक क्रियाकलापमा आफूलाई नसुधारेको भन्दै केही महत्वपूर्ण विषयमा थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
अन्तर्रा्ष्ट्रिय स्तरमा लगाइएको प्रतिबन्धको इरानले सीमा तोड्दै परमाणु कार्यक्रमलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो कदम चालेको हो । सन् २०१५ मा विश्वका शक्तिशाली मुलुकबीच इरानको युरेनियम भण्डारण क्षमतालाई सीमित बनाएर राख्ने सम्झौता भएको थियो ।