साढे ७ अर्ब कर छली गर्ने एक सय कम्पनी

 

असार ८, काठमाडौं – राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ ।

नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि विभागले गरेको अनुसन्धानबाट सो निष्कर्ष आएको हो ।

ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झण्डै एक हजार कम्पनीको हिसावकिताव जोड्दा कूल कर छली १५ अर्ब रुपैयाँ पुग्छ ।

Source :   कान्तिपुर दैनिक