विश्वकप क्रिकेट— आज पाकिस्तान र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुदैं

असार ८, काठमाडौं — विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ ।  दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भयो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौं खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । छैटौं खेलमा भने न्युजिल्यान्डसँग दक्षिण अफ्रिका चार विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले तेस्रो खेल भने वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको पाकिस्तान पाँचौैं खेलमा भारतसँग ८९ रनले हारेको थियो ।