एक सातापछि कीर्तिपुरको जंगलमा भेटियो एमबीबीएस बिद्यार्थी खनालको शव

जेठ २५, काठमाडौं — एक सातादेखि हराइरहेका २४ वर्षिय शिशिर खनाल मृत फेला परेका छन् । मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो बर्षमा अध्ययनरत खनाल जेठ १७ गतेदेखि सम्पर्कबिहिन थिए ।
खनालको मोटरसाइकल १७ गते कीर्तिपुरस्थित पुष्पलाल पार्कमा वेवारिसे अवस्थामा फेला परेको थियो । घटनाबारे अनुसन्धान भैरहेकाले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।