प्रधानमन्त्री ओली सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनमा जुट्दै

जेठ २५, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी कांग्रेससँगको सहमतिमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनको तयारीमा जुटेका छन् ।

शनिबार साताव्यापी युरोप भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी ओलीले संक्रमणकालीन न्याय निरुपण गर्न विपक्षी कांग्रेससँगको सहमतिमा जुटेका हुन् ।

चैतदेखि संक्रमणकालीन न्याय सम्पादन गर्ने सत्य निरूपण र बेपत्ता आयोग रित्त अवस्थामा रहेको छ । दुवै आयोग सहमतिमा गठन गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवावीच छलफल भईरहेको छ ।

दुवै आयोग खाली भएको अवस्थामा गंगामाया अधिकारीले राष्ट्रसंघको नेपालस्थित कार्यालयमा न्याय माग्दै निवेदन दिएको प्रति पश्चिमा मुलुकका राजदूतले यो प्रश्न उठाईरहेका वेला प्रधानमन्त्री भ्रमणमा स्वतह यो कुरा उठ्ने निश्त छ ।

त्यसैले प्रधानमन्त्री ओलीले विपक्षी कांग्रेससँग लगातार छलफल गरेर संक्रमणकालीन न्यायका विषयमा सबै दलहरु एकजुट भएको शन्देश दिन खोजिएको वुझिएको छ ।

प्रधानमन्त्री युरोप जानु अगावै दुवै आयोगमा पदाधिकारी नियुक्तिका विषयमा कांग्रेससँग छलफल भइरहेको पाईएको छ ।