राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन सकेन : काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह

जेठ २१, काठमाडौं — नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताइएको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।
चाक्सीबारीस्थित आफ्नै निवासमा सोमबार पार्टीका नेता तथा कार्यकर्तासँगको छलफल गर्दै उनले नयाँ संविधानअनुसार पार्टी संरचना निर्माण नहुँदा जागरण अभियान प्रभावकारी बन्न नसकेको बताए ।

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागत रूपमा चल्न नसक्दा लथालिंग भएको पनि बताए ।

मुलुकमा रहेका चुनौती सामना गर्न सशक्त र प्रभावकारी पार्टी आवश्यक रहेको औल्याउदै पार्टी कमजोर भएर कार्यकर्तामा निराशा छाएकोले अब यसरी पार्टी नल्ने जिकिर गरे ।

कांग्रेसले गत वैशाख २५ गतेदेखी पहिलो चरणको एक महिने राष्ट्रिय जागरण अभियान सुरु गर्दै आएको छ ।