व्यापार युद्ध छोडेर वार्ता गर्न अमेरिकालाई चीनको प्रस्ताब

जेठ २१, काठमाडौं — चीनले व्यापार युद्ध छोडेर वार्ता गर्न अमेरिकालाई प्रस्ताब गरेकोे छ । चीनको राज्य परिषदको सूचना कार्यालयले श्वेतपत्र मार्फत वार्ताका लागि प्रस्ताव गरेको हो ।

व्यापारीक युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारलाई नै असर पर्ने भएकाले, बराबरी जितको हैसियत र विश्वव्यापी सिद्धान्तका आधारमा बार्ता हुनुपर्ने शर्त सहित चिनले वार्ताको प्रस्ताव गरेको छ ।

श्वेतपत्रका अनुसार तत्कालको समस्या समाधान गर्न चीनले दुवै पक्षको बराबरी जीतको हैसियतमा वार्ता र छलफल गर्न चाहेको छ ।
तर अमेरिकाको व्यापारीक युद्ध नरोकिए चीनले इतिहासमा नयाँ अध्याय स्थापित गर्न चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धताका साथ जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने जनाएको छ ।

चीन —अमेरिका आर्थिक तथा व्यापार सम्बन्धी श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प सरकारले मुख्य व्यापारिक साझेदारलाई उनीहरुका सामानमा थप महशुल र अतिरिक्त शुल्क लगाउने धम्कीपुर्ण भाषा बोल्दै आएको थियो ।

चीनले कुनै पनि सिद्धान्तमा सम्झौता नहुने, आफूले व्यापार युद्ध नचाहेको र सहमति तथा सहकार्यबाट दुवै देशको बराबरी जितको हैसियतमा सम्झौता गर्न तयार रहेको बताएको छ । अमेरिकाले एकतर्फी रुपमा व्यापारिक सिद्धान्तलाई लागू नगरेको र सारा विश्वलाई असर पर्ने गरी नयाँ खालको शुल्क र महसुल लगाएको चीनको भनाइ छ ।

अन्तर्रा्ष्ट्रिय नियम कानुनप्रति आफू पूर्णप्रतिबद्ध रहेको बताउँदै चीनले नयाँ खालका कानुनी बाटोको सम्मान गर्दै सकारात्मक परिमाणका लागि आफू प्रतिबद्ध रहेको चिनले जनाएको छ । चीनले कुनै पनि प्रमुख सिद्धान्तहरुमा सम्झौता नगर्ने, व्यापार युद्ध नचाहने, तर व्यापार युद्ध भइहाले जस्तोसुकै कदम चाल्न नडराउने चेतावनी पनि दिएको छ ।

श्वेतपत्रमा चाइना, अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा भएका गम्भीर धक्काको सम्पूर्ण जिम्मा अमेरिकाले लिनुपर्ने समेत उल्लेख गरिएको छ ।

अमेरिकाले खुला व्यापारको विरुद्धमा बिभिन्न हतकण्डाहरु अपनाएको र यसक्रममा २०१७ को अगष्टदेखि एकतर्फी ढंगबाट आफ्ना कम्पनीविरुद्ध जासुसी गर्न थालेको चीनको आरोप  छ । तर अमेरिका र चीन सँगै अगाडि बढेमा दुई देश लगाएत संसारलाई फाईदा पुग्ने श्वेतपत्रमा उल्लेख छ । 

http://https://drive.google.com/file/d/1jEfCbSYucgm3BkqZZwqwi-xnt0f0sp8I/view