विश्वकप क्रिकेटमा पाकिस्तानद्धारा इंग्ल्यान्ड १४ रनले पराजित

जेठ २१, काठमाडौं — विश्वकप क्रिकेट पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले ३४९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो । तर ५० ओभरमा ९ विकेटको क्षति सहित ३३४ रन मात्रै बनायो ।
इंग्ल्यान्डको हार भएपनि दुई खेलाडीले भने शतक हानेका छन् । १० चौका र १ छक्का प्रहार गर्दै जोइ रुटले १०४ बलमा १०७ रन बनाए । जोस बुटलरले पनि १०३ रन बनाए ।

त्यस्तै ७६ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरेका बुटलरले उत्कृष्ट प्रदर्शनका वावजुद टिमको जीत हुन सकेन । रुट र बुटलरले १३० रनको साझेदारी गर्दै जिततर्फ लगेका थिए । तर बुटलर र रुट आउट भएसँगै इंग्ल्यान्ड पराजित भएको हो ।

पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए ।

मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।