विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दै

जेठ २१, काठमाडौं — विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ ।

कार्डिफस्थित सोफिया गार्डेनमा आज दिउसो ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ ।
दुवै टिम आफ्नो पहिलो खेलबाट हारिसकेका छन् ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले हारेकोे थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा हुनेछन् ।