अदालतमा हाजिर भए अख्तियारका पूर्वआयुक्त पाठक

जेठ १, काठमाडौं —७८ लाख रूपैयाँ घुस काण्डमा मुछिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।अदालतका न्यायाधीश एवं अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा पाठकविरुद्ध थुनछेक बहस भइरहेको छ ।

७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो। पाठक अदालको म्यादभित्रै उपस्थित भएका हुन् ।