मेलम्चीको काम तत्काल अघि बढाउन विकास समितिको सरकारलाई निर्देशन

जेठ १, काठमाडौं — लामो समयसम्म अनिश्चित मेलम्ची आयोजना अघि बढाउन विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो ।

समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ।