गण्डकी विकास बैंकका एकै दिन तीन शाखा उद्घाटन

चैत ३, काठमाडौ –गण्डकी विकास बैंकले ललितपुरको इमाडोल, काठमाडौंको कलंकी र भक्तपुरको सुकुलढोकामा एकसाथ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाहरूको प्रमुख अतिथि क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वाणिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्घाटन गरेको बैंकद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल देशभर ७७ ओटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।