चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौ – चलचित्र ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो ।

गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतको भुमिका रहेको छ ।

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । गीत रिलिजसँगै निर्माण पक्षले अफिसियल रूपमा चलचित्र जेठ ३ गते प्रदर्शन हुने घोषणा गरेको छ ।