साफ महिला च्याम्पियनसिप –बंगलादेशबिरुद्ध नेपालको शानदार जित

चैत, ३ काठमाडौ –साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले जित हासिल गरेको छ।
विराटनगरको सहिद रंगशालामा बंगलादेशविरुद्ध शनिबार दिउँसो भएको खेलमा नेपालले ३–० ले जित हासिल गरेको हो। जितसंगै नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बनेको छ ।
सुरुवातबाटै निकै आक्रामक रुपमा खेलेको नेपालले छैटौं मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो । नेपाल र बंगलादेश समूह विजेताका बन्ने लक्ष्यका साथ मैदान उत्रिएका थिए। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।