सन्तोषको ‘चाइनाको रेल’ सार्वजनिक (भिडियो)

काठमाडौ –दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ । सन्तोषको यो गीतमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको मोडलिङ छ । साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।