स्वास्थ्यमन्त्रीको निर्देशनमा केसीको स्वास्थ्य उपचारका लागि भेन्टिलेटर सहितको विशेषज्ञ टोली इलाम जादै

माघ,२ काठमाडौँ — इलाममा विगत ८ दिनदेखि अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि स्वास्थ्य उपचारमा सघाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम प्रस्थान गरेको छ ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानका डा. विकास शाहको नेतृत्वमा उक्त टोली इलाम हिडेको हो । टोलीमा कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारीलगायत ल्याव टेक्नीसियन, नर्ससहित रहेका छन् ।

तस्वीर— फाइल