नेपाल कम्यूनिटीको अध्यक्षमा घिमिरे चयन

माघ २, काठमाडौं — नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा पशुपति घिमिरे चयन भएका छन् ।
कम्पनीको पुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट निर्वा्चित भएका घिमिरेलाई माघ १ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मतिले चयन गरेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
उनीसँगै नवौैं साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट यूवराज के.सी, हिरामणी अर्याल र डा. खिमानन्द पाण्डे संचालनमा निर्वा्चित भएका थिए ।