हत्याका आरोपीतलाई बाँकेमा गोली हानी पक्राउ

माघ २ , काठमाडौं – वर्दिया प्रहरीले हत्याको आरोपमा एक जनालाई गोली हानी पक्राउ गरेको छ ।हत्याका आरोपी युवराज गिरी लुकिरहेको वेलामा फेला परेको र नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली हानेको थियो ।

गत पुष २६ गते बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खतबाट कोहलपुर पुगेका २२ वर्षका दीपकसिंह ठकुरीको २७ गते राती विभत्स हत्या गरिएको थियो ।

यस अघि  घटनामा संलग्न भरत शाहीलाई गए राती ११ वजे प्रहरीले सुर्खेतबाट पक्राउ गरिसकेको थियो । पक्राउ परेका भरत शाहीबाट दिपक सिंहको हत्यामा युवराज गिरीको संलग्नता भएको पुष्टि भएपछि प्रहरीले उनको खोजीलाई तीब्र पारेको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंहको टोलीसँग बर्दियामा गिरीको जम्काभेट हुँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाउन वाध्य भएको वाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अरुण पौडेलले ईमेलखवर डट कमलाई बताए ।

प्रहरी उपरिक्षक अरुण पौडेलले नियन्त्रणबाट उम्कन आक्रामक भई भाग्न खोजेपछि उनको खुट्टामा घुँडामुनी गोली हान्न बाध्य भएको बताए । त्यसपछि उनको कोहलपुर टिचिङ हस्पिटलमा उपचार भईरहेको छ , उनले भने अहिले उनी खतरामुत्त छन् ’ ।

प्रहरी उपरिक्षक पौडेलले दिपक सिंह हत्या घटनाको कारणबारे थप अनुसन्धान भईरहेको पनि जानकारी गराए ।