चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक

काठमाडौ —चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । टेम्पो चालक बनेकी स्वस्तिमा (रनकला)को जीवनका आरोह अबरोहलाई टे«लरमा स्थान दिईएको छ । जसमा उनको टोम्पो चलक यात्रा र प्रेम वियोग समेटिएको छ ।

चलचित्रलाई निर्देशन विनोद पौडेलले गरेका छन् भने सुसन प्रजापतिको छायांकन रहेको छ । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवा ा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।