पुनर्निर्माण प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन ‘निर्धारित सिमयमा पुनर्निर्माण सक्नु’

माघ, २ काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई भूकम्पपछिको पुनर्निर्माण निर्धा्रित समयमा सक्न निर्देशन दिएका छन् ।

प्राधिकरण परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले ५ वर्षका लागि गठन भएको प्राधिकरणले निर्धा्रित समयमा भूकम्पले भत्काएका संरचना पुनर्निर्माण सक्नुपर्ने बताए ।

ओलीले पुनर्निर्माणका लागि स्थानीय तहलाई पनि जिम्मेवार दिएर अगाडि बढ्नुुपर्ने बताए । उनले भने‘ पुनर्निर्माणका लागि स्थानीय तहलाई पनि जिम्मेवार बनाऔँ, यसले कामको गतिलाई बढाउँछ ।’