कर्मचारी समयोजनका लागि अनलाइन फाराम भर्ने २१ दिने अवधि आज सकिने

माघ, २ काठमाडौ —संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न कर्मचारीलाई दिइएको अनलाइन फारम दर्ताको समय आज सकिँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समय सीमा सहित पुष ११ गते सार्वजनिक सुचना जारी गरेको थियो । आज मध्यरातीसम्म अनलाइन फारम भर्नाका लागि समय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिलो चरणमा सचिवलाई समायोजन पत्र दिनेछ । त्यसपछि सहसचिवहरुलाई समायोजन पत्र दिएर प्रक्रियाको सुरुवात गर्नेछ । अर्को साताबाटै कर्मचारीलाई समायोजनपत्र सहित कार्यक्षेत्र पठाउने मन्त्रालयको तयारी छ ।