चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, कांग्रेसको असन्तुष्टि, डा गोविन्द केसी फेरी अनसनमा

पुस, २५ काठमाडौ — प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।

डा गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित भएको छ । यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षमा फरक मत दिएको छ ।

यसै विच आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको भन्दै  आफ्नो मागको सुनुवाईका लागि डा. गोविन्द केसी फेरी आमरण अनसनमा बसेका छन् ।

इलाममा आज बुधबार पत्रकार सम्मेलन गर्दै माफियाका बुँदाहरु मात्रै समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले डा केसीले १६ औं अनसन सुरु गरेका हुन् ।

केसीले बुधबार ५ बजेदेखि इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय नजिकै अनसन बसेका छन् ।