अध्यागमन विभागले नयाँ सफ्ट्वेयर विकास गर्दै

पुस, २५ काठमाडौ — अध्यागमन विभागले नेपाली सफ्टवयरको विकास गरिरहेको छ । नेपाली आईटी इञ्जिनियरले विदेशी सफ्टवेयर ‘इमी’को विकल्पमा ‘नेपाली पोर्ट’ नामको नयाँ सफ्ट्वेयर विकास गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ‘विदेशी नागरिकको आगमन र नेपाली नागरिकको बर्हिगमनको वैज्ञानिक रेकर्ड राख्नका लागि यो सफ्ट्वेयरको विकास गरेको बताएका छन ।

त्यसका लागि उनले पुल्चोकस्थित इञ्जिनियरिङ कलेजका तीनजना इञ्जिनियरलाई जिम्मा दिएको समेत जानकारी गराए । यो सफ्टवयरमा बायोमेट्रिक विवरण सहितको सूचना प्रणालीको व्यवस्था गरिने भएको छ ।