नेपाल—जापानबिच हवाई सम्झौताको तयारी

पुुस, २५ काठमाडौ —नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार साँझ होटल याक एन्ड यतिमा हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौताको तयारी रहेको छ ।
परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ ।

मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा बुधबार अपराह्न राजधानी आउँदै छन्।