देउवाको नेतृत्वमा नेपाली काँग्रेसले छाँया सरकार गठन गर्ने

पुष २४, काठमाडौं – नेपाली काँग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ । छाँया सरकारको नेतृव संसदीय दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको मंगलबारको बैठकले यस अघिको निर्णय कार्यान्वयन गर्ने गरी निर्णय गरेको नेता मिनेन्द्र रिजालले बताए ।

उनले काँग्रेस सभापतिको नेतृत्वमा छाया सरकार गठन गर्न एक साताभित्र एक जनाले तीन वटा मन्त्रालयको नाम दिने गरी समय तोकिएको समेत जानकारी गराए ।

नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बने लगत्तै छायाँ सरकार गठन गर्ने घोषणा गरेको भएपनि १० महिनापछि नेपाली कांग्रेसले छाया सरकार गठनको सुरुवात गरेको हो ।

सरकारका गतिविधि निगरानी गर्न छाँया सरकारको व्यवस्था नेपाली काँग्रेसको संसदीय दलको विधानमा उल्लेख छ ।