सामसुङ इलेक्ट्रोनिक्सको शेयर बजारमा घाटा

पुष २४ सियोल  – सामसुङ इलेक्ट्रोनिक्सको नाफा २९ प्रतिशतले घटेको छ । चिनीया स्मार्टफोनको बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्य कम भएका कारण सामसुङको नाफा घटेको हो ।  विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा ठूलो घाटा हो ।

अघिल्लो वर्षको तुलनामा गत अक्टोबरदेखि डिसेम्बरसम्म गरेको करिब ९ अर्ब ८० करोड अमेरिकी डलरको अपेक्षामा २८ दशमलब ७ प्रतिशतले घटेको थियो । गत साता अमेरिका–चीनबीचको व्यापार युद्धका कारण एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो ।

विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले उच्च नाफा आर्जन गरिरहेको थियो ।  तर कम्पनीको उत्पादनमा केही समस्या देखिएपछि यसको बिक्रीमा १० प्रतिशतले कमी आएको हो ।

कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ । यसका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानी घट्ने सामसुङले अड्कल गरेको छ ।

दक्षिण कोरियाको अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएलगत्तै यसको शेयर बजार पनि प्रभावित भएको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा शून्य दशमलब ५ प्रतिशतले घट्यो ।