अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाले दिइन् राजीनामा

पुुस, २४ काठमाडौ —अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव तस्करीको आरोप लागेकी शेर्पाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार परराष्ट्र मन्त्रालयमै भेटेर राजिनामा बुझाएकी हुन् ।
राजदूत शेर्पालाई उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए । राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदू नियुक्ति भएकी थिइन्