जाडोयाममा यसरी गर्न सकिन्छ छालाको सुरक्षा

व्युटिसियन—माया कार्की

जाडो मौषममा छाला सुख्खा हुने गर्दछ । यदि हामीले सहि तरीकाले छालाको स्याहार गरेनौ भने बिभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ । जाडायाममा हात खुुटा फुट्ने, ओठ फुट्ने, अनुहार फुस्रो देखिने र चायाँपोतोको समस्या हुने गर्दछ ।

यस्ता समस्याबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

— जाडो मौषममा छाला सुख्खा हुने भएकाले बेलुका सफा पानीले मुख धोएर अनुहारमा मोस्चराइजर क्रिम लगाएर सुत्नुपर्दछ । विहान उठेर नरिवल तेल लगाउदा राम्रो  हुन्छ ।

—  सकेसम्म अनुहारमा फेसवास, सावुन प्रयोग नगरेको राम्रो, यदि गरेमा छालाको अवस्था हेरी मोस्चराइजर क्रिम प्रयोग गर्ने ।

— बाहिर हिँड्नु अघि सन प्रोटेक्सन क्रिम लगाउने, धुलोे र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ प्रयोग गर्ने ।

—  आवश्यकता अनुुशार सुुत्ने बेलामा टोनर प्रयोग गर्ने । टोनरको प्रयोगले अनुहारमा चाँया, पोतो, कम गराउँदछ ।

—  काचो दुधको तरमा गुलाबजल मिसाएर छालामा लगाउने यसले गर्दा छालामा चमक आउने गर्दछ ।

—  हात खुटा फुटेमा चिनी, कागती, मह मिसाएर लगाउने गर्नुपर्दछ । यसबाट आउने चिल्लोपनबाट छालालाई नरम बनाउदँछ ।