फाइभ जी सपोर्ट र फोल्डिङ सहितका स्मार्टफोन बजारमा आउदै

पुस २१, काठमाडौं— यो बर्ष २०१९भित्र फाइभ जी सपोर्ट र फोल्डिङ गर्न मिल्ने स्मार्टफोन बजारमा आउदैछन् ।
वानप्लस, ओप्पो, हुवावे तथा सोनी लगायतका कम्पनीका फाइभ जी सपोर्ट गर्ने स्मार्टफोन सन् २०१९ भित्र छिट्टै ल्याउने भएका हुन् ।

सामसुङले फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन ल्याउने घोषणा गरिसकेको छ । यो मोबाईल ७ दशमलव ३ इन्चको स्क्रिन भएको ट्याब्लेटको जस्तो तर फोल्ड गरेर ४ दशमलव ६ इन्चको स्क्रिनलाई फरक तरिकाले पनि प्रयोग गर्न सकिन्छ । अब बजारमा आउने स्मार्टफोन फोटोग्राफी गर्नेहरूका लागि महत्वपूर्ण रुचीको बिषय बन्नेछ ।

गएको वर्ष नोचफ्री डिस्प्ले ५ रियर क्यामेरा र वाटर ड्रप डिस्प्ले भएका स्मार्टफोनहरु धेरै मानिसहरुको रुचीको विषय बनेको थियो ।
यस प्रविधीमा अहिले ओप्पो फाइन्ड एक्स र भिभो नेक्सजस्ता महँगा स्मार्टफोन प्रयोग गरिएका छन् । अब आउदा दिनमा मध्यम स्तरका स्मार्टफोनहरु प्रयोग आउनेछन् ।

आउँदो बर्ष ५ वटा रियर क्यामेरा भएका स्मार्टफोन ल्याउने नोकियाले घोषणा गरेको छ । अहिले सामसुङको ४ वटा रियर क्यामेरा भएको ग्यालेक्सी ए९ स्मार्टफोन बजारमा उपलब्ध छ ।

गत वर्ष २०१८ मा फास्ट चार्जिङ प्रविधि सहितको स्मार्टफोन धेरैले मन पराए । यो वर्ष २०१९ मा छोटो समयमा स्मार्टफोन फुल चार्ज हुने अल्ट्रा फास्ट चार्जिङ प्रविधिको मोबाईल २०१९ मा लन्च हुदैछ । त्यसैगरी वायरलेस चार्जिङ र एआई प्रविधिबाट समेत चार्ज गर्ने प्रविधिको विकास हुनेछ ।

फोरजीको तुलनामा फाइभ जी प्रविधिले एक सय गुणा बढी तीव्र गतिमा काम गर्नेछ । यसको अनुभब डाउनलोड र अपलोडमा गर्न सकिन्छ । अहिले विश्वका धेरै देशरु फाइभ जी प्रविधिसँग प्रतिस्प्रधा गर्दै छन् ।